×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको संस्थापक सेयर विक्रीमा, खरिदकर्ताले ३५ दिनभित्र आवेदन पेश गर्न सक्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कुमारी बैंकको संस्थापक सेयर विक्रीमा, खरिदकर्ताले ३५ दिनभित्र आवेदन पेश गर्न सक्ने

Artha Sarokar

१० मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कुमारी बैंकले संस्थापक सेयर विक्रीमा ल्याएको छ । बैंकले ९१ हजार ६ सय ३८ कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको हो ।

कम्पनीले लिला बहादुर गुरुङको नाममा रहेको संस्थापक सेयर विक्रीमा ल्याएको छ । उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूलेमात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । सेयर खरीद गर्न ईच्छुक संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् ।

यस्तै, आवेदन सेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नागपोखरी नक्साल काठमाडौं वा बैंकको केन्द्रिय कार्यालय टंगाल काठमाडौंमा पेश गर्नुपर्नेछ । सेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले तोकेको अवधिभित्र आवेदन पेश नगरेमा अन्य व्यक्ति तथा संस्थाहरूमा सेयर विक्री हुने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी