×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

PRIME CA
GLOBAL IME BANK

माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

५ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से )मा माछापुच्छ्रे बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १३.३० प्रतिशत बोनस सेयर सूचीकरण भएको हो । बैंकको उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् ।

बैंकको असोज १८ गते बसेको साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको थियो । सभा सम्पन्न भएको २ महिना नबित्दै बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

त्यस्तै, धेरै कम्पनीको बोनस सेयर सूचीकृत हुन ४-५ महिना भन्दा धेरै लाग्ने गरेको छ । माछापुच्छ्रे बैंकले भने छिट्टै बोनस सेयर सूचीकरण गराएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: