Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंकले भूकम्प पीडितलाई गर्यो आर्थिक सहयोग

अर्थ सरोकार

काठमाडौँ । महालक्ष्मी विकास बैंकले भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरेको छ । उक्त बैंकले जाजरकोट, रुकुमपश्चिम र वरपर जिल्लाका भूकम्प पीडितहरुको सहायताका लागि १० लाखको आर्थिक सहयोग  प्रदान गरेको हो ।

बैंकले उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहतउद्दार कोषमा १० लाख रुपैयाँ सहयोग  गरेको छ । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिमलगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो ।

महालक्ष्मी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले अर्थ मन्त्री प्रकाश शरण महतलाई उक्त रकम बाराबरको चेक हस्तान्तरण गरेका छन् ।

बैंकले भूकम्पका कारण मृत्युवरण गर्ने नागरिकहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार जनमा समवेदना प्रकट गरेको छ । साथै, कम्पनीले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK