×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी बैंकद्वारा महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत गर्न समझदारी पत्रमा हस्ताक्षर

PRIME CA
GLOBAL IME BANK

महालक्ष्मी बैंकद्वारा महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत गर्न समझदारी पत्रमा हस्ताक्षर

१२ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । महालक्ष्मी बैंकले महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ । बैंकले ललितपुर महानगरपालिका वडा नं.५ महालक्ष्मीस्थान, महालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत कार्यको लागि महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

कम्पनीले ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्घि गर्नुका साथै मन्दिरमा दशर्न गर्न आउने दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति प्राप्त गर्न मद्दत पुर्याउने उद्देश्यले बैंकले  बगैँचा मर्मत लागेको हो ।

बैंकले २०७७ सालमा बँगैचाको पुन:निर्माण गर्नुका साथै निरन्तर मर्मत कार्य गर्दै आईरहेको छ । साथै, इच्छुक दर्शनार्थीहरुलाई मन्दिरमा डिजिटल दान भेटी प्रदान गर्न सहजता पुर्याउने उद्देश्यले क्युआर कोडको व्यवस्थासमेत गरेको छ ।

यस्तै, महालक्ष्मीस्थान व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम ढुङ्गाना र बैंकको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले समझदारी पत्रको आदानप्रदान गरेका थिए । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।

बैंकले ग्राहकहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: