काठमाडौँ । मनकामना दर्शन प्रालिले सरसफाइ र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको हो ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिहीबार गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना देवीको मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरेको हो । सार्थै, केबलकारको तल्लो स्टेसन चेरेशमा रक्तदान कार्यक्रमसमेत सम्पन्न गरेको हो ।
रक्तदान कार्यक्रममा कम्पनीका कर्मचारी लगायत मनकामना दर्शन गर्न आएका भक्तजनहरुको पनि सहभागी रहेको कम्पनीले जानकारी दिएको छ । मनकामना दर्शन प्रालिले चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म २५ वर्षदेखि केबलकार सेवा सञ्चालन गरिरहेको छ ।
यस्तै, माता मनकामनाको मन्दिरलाई मात्रै नभएर चितवनको इच्छाकामना र गोरखाको सहिद लखन गाउँपालिकालाई पनि पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न योगदान पुर्याएको छ ।
कम्पनीले केबुलकार टिकटबाट भएको वार्षिक आम्दानीको एक-एक प्रतिशत हिस्सा दुई गाउँपालिकालाई उपलब्ध गराउँदै आएको छ । उक्त रकमबाट दबै गाउँमा स्वास्थ्य, शिक्षा, खानेपानी, सडक जस्ता पूर्वाधार विकासमा योगदान पुगेको कमपनीले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्