काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई सो लाभांश दिने घोषणा गरेको हो ।
बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयर धनीलाई गतवर्षको सञ्चित मुनाफाबाट ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
बैंकले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण गरिनेछ ।