Skip to content
LAXMI SUNRISE BANK

मितेरी डेभलपमेन्ट बैंकले भूकम्प पीडितका लागि प्रदान गर्यो आर्थिक सहयोग

अर्थ सरोकार

काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकले भूकम्प पीडितका लागि आर्थिक सहयोग प्रदान गरेको छ । सो बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको सहायताका लागि ७ लाख रुपैंया आर्थिक सहयोग प्रदान गरेको हो ।

बैंकले  भूकम्पबाट क्षति भएका पीडितलाई केहि राहत पुर्याउने उदेश्यले आर्थिक सहयोग प्रदान गरेको छ । उक्त, बैंकको मिति २०८०-०७-२२ गते बसेको संचालक समितिको २३४औं बैठकले ७ लाख रुपैयाँ प्रधानमन्त्री दैविक उद्धारकोषमा योगदान गर्ने निर्णय गरेको हो ।

भूकम्पका कारण मृत्यु हुने नागरिकहरु प्रति बैंकले हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK