Skip to content
LAXMI SUNRISE BANK

प्रभु क्यापिटल र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजलेबीच सम्झौता

अर्थ सरोकार

काठमाडौँ । प्रभु क्यापिटल र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजलेबीच सम्झौता भएको छ । कलेजको स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने सम्बन्धमा क्यापिटल र  कलेजलेबीच सम्झौता भएको  हो ।

कलेजको एक कार्यक्रमबिच बिहिबार स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई थेसिस सम्बन्धि विषय लगानी योजना, वित्तीय तथा जोखिम व्यवस्थापनसहित पूँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने सम्बन्धमा समझदारी पत्रमा सम्झौता भएको छ ।

सो कार्यक्रममा प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनर, एस इन्स्च्यिुट अफम्यानेजमेन्ट कलेजका संचालक अभिषेक के.कार्कीबाट हस्ताक्षर भएको हो ।  त्यस्तै, क्यापिटलको तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा तथा कलेजको तर्फबाट कार्यक्रम संयोजक ऋकिता श्रेष्ठेको उपस्थिती रहेको थियो ।

उक्त, सम्झौता अनुसार प्रभु क्यापिटलले कलेजका विद्यार्थीहरु, कर्मचारीहरुलाई आफनो सेवामा सहुलियत प्रदान गर्नेछ । साथै, विद्यार्थीहरुको आवश्यकता बमोजिम पूँजीबजार सम्बन्धी सामान्य, आधारभुत, प्राविधिक विश्लेषण सम्बन्धी ज्ञान तथा तालिमहरु प्रदान गर्ने उद्देश्य रहेको क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलले व्यवहारिक ज्ञान प्रदान गर्न विद्यार्थीहरुलाई इन्टर्नशिपको पनि अवसर प्रदान गर्ने सम्झौता भएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK