काठमाडौँ । नबिल बैंकले सुरु गरेको ‘नबिल एसएसई’ ले दोस्रो वार्षिकोत्सव मनाएको छ । सामाजिक उद्यमशीलता विकासको लागि नबिल बैंकले सुरु गरेको ‘नबिल एसएसई’ (नविल स्कूल अफ सोसियल इन्टरपेनरसिप) कार्यक्रमले दोस्रो वार्षिकोत्सव मनाएको हो ।
त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसहित ८ विभिन्न विद्यालयबाट देशभर सञ्चालन गरेको कार्यक्रमले सामाजिक उद्यमशीलता बढाउन उत्प्रेरक बनेको सरोकारवालाले बताएका छन् । दुई वर्षको अवधिमा तीन सय ३५ जना विद्यार्थीहरूले कार्यक्रममा सहभागिता जनाएका थिए । जसमध्येबाट ५२ वटा उद्यम जन्मँदा ८ सय ६९ जनाले रोजगारी पाएका छन् ।
बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले कार्यक्रमकोकारण सामाजिक वित्त प्रवद्र्धनमा बैंकको भूमिका थप बढेको बताए । उनले भने, ‘बैंकले सुरु गरेको यस पहलले देशको सामाजिक, वातावरणीय र आर्थिक विकासका लागि सामाजिक वित्त प्रवद्र्धन गर्न मद्दत पुगेको विश्वास लिएका छौँ ।’ उनले जनताको जीवनस्तरमा सुधार ल्याउनको लागि बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुका साथै विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले सामाजिक उद्यमीहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम सुरु गरेको जानकारी गराउँदै उद्देश्य पूर्ति भएको बताएका छन् । उनले कार्यक्रममा सहभागी हुने बैंकका कर्मचारी, विज्ञहरू, साझेदार, तथा विद्यालय प्रतिनिधिहरूलाई आभार व्यक्त गरेका छन् । ढुंगानाले भने, ‘हामी दिगो बैंकिङ र सामाजिक उद्यमशीलता मार्फत हाम्रो समाजमा उल्लेखनीय परिवर्तन ल्याउन हामी प्रतिबद्ध छौँ ।’
यस्तै, नवीन विचार भएका नागरिकलाई ज्ञान, वित्तीय पहुँच, र सामाजिक उद्यमहरू सुरु गर्नका साथै उद्यमशीलतामा दिगोपना दिन र सञ्जाल विस्तार गर्नको लागि यो कार्यक्रम सहयोगी भएको उद्यमीहरूले बताएका छन् । नबिल एसएसई कार्यक्रम अन्तर्गत फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई कार्यक्रम रहेका छन् ।
नबिल एसएसई फेलोहरूको सफलताका कथाहरू अहिले सबैका लागि प्रेरणादायी बनेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सरोकारवालाले सुझाएका छन् । यस कार्यक्रममा सहभागीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठित पुरस्कार पाउन सफल भएका छन् भने उद्यमशीलता विकासमा उदाहरणीय काम गरेका छन् ।
सो कार्यक्रममा सहभागी भएका उद्यमी राजविक्रम महर्जन आइसिटी अवार्ड २०२२ र स्टार्ट अप वल्र्डकप जित्न सफल भएका छन् । महर्जनले नबिल एसएसई टोलीप्रति कृतज्ञता व्यक्त गर्दै भने, ‘कार्यक्रममा भर्ना भएपछि मैले आफ्नो व्यावसायिक विचार, ब्रान्डिङ्, मार्केटिङ र नेटवर्किङका अवसरहरूमा ध्यान केन्द्रित गर्न सिकेँ, जसले मलाई धेरै मद्दत गर्यो ।’
यमबहादुर कार्की, दिव्या महर्जन लगायतले पनि उदाहरणीय काम गरेका छन् । उनीहरूले किसानहरूलाई सहयोग गर्ने प्रकारका कार्यक्रम र नवीन शैलीबाट सौन्दर्यका सामाग्री उत्पादनमा महत्त्वपूर्ण योगदान गरेका छन् ।
त्यस्तै, उद्यमशीलतालाई बढावा दिन, सामाजिक उद्यमशीलतामार्फत समाजमा अर्थपूर्ण योगदान गर्न नबिल एसएसई कार्यक्रम प्रतिबद्ध रहेको बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्