×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकले आह्वान गर्यो वार्षिक साधारणसभा, ११% नगद लाभांश पारित हुँदै

GLOBAL IME BANK
SHREE KESH

नबिल बैंकले आह्वान गर्यो वार्षिक साधारणसभा, ११% नगद लाभांश पारित हुँदै

१४ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नबिल बैंकले वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले सभा आर्मी अफिसर्स क्लब भद्रकालीमा गर्ने निर्णय गरेको हो ।

बैठकले आगामी पुस १३ गते बिहान १० बजे वार्षिक साधारणसभा सुरु गर्ने भएको छ । सभाले गत आर्थिक वर्ष २०७९-८० का लागि प्रस्तावित चुक्तापुँजीको कुल ११ प्रतिशत नगद लाभांश अनुमोदन गर्ने भएको हो । सभाबाट पारित भएपछि नगद लाभांश सेयरधनीहरुले पाउनेछन् ।

यस्तै, सभाले २०७९-८० आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरण स्वीकृत गर्ने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: