×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल लाईफ इनस्योरेन्स र काठमाडौँ इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थबीच सम्झौता

PRIME CA
GLOBAL IME BANK

नेशनल लाईफ इनस्योरेन्स र काठमाडौँ इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थबीच सम्झौता

१२ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेशनल लाईफ इनस्योरेन्स र काठमाडौँ इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थबीच सम्झौता भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २ सय बेड क्षमताको गैह्र नाफा मूलक बाल अस्पताल निर्माण परियोजनाका लागि इन्स्योरेन्स कम्पनीले ३ वर्षसम्म प्रति वर्ष २५ लाख रुपैयाँका दरले वित्तिय सहयोग उपलव्ध गराउने सम्झौता भएको हो ।

कम्पनीको तर्फबाट सोमबार एक समारोहका बीच उक्त सम्झौता भएको हो । कम्पनीको कार्यकारी प्रमुख सुरेश प्रसाद खत्री र इन्ष्टिच्यूटको तर्फबाट संस्थापक अध्यक्ष डा.भगवान कोईरालाले सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतामा हस्ताक्षर गर्दै इनस्योरेन्सका कार्यकारी प्रमुख खत्रीले पहिलो किस्ता रकम २५ लाख रुपैयाँको चेक संस्थालाई हस्तान्तरण गरेका थिए ।सो समारोहमा प्राध्यापक डा.कोईरालाले नेपालका सबै बाल बालिकाको स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच पुर्याउने उदेश्यले परियोजना संचालन गर्न लागिएको र क्रमिक रुपमा देशको अन्य स्थानहरुमासमेत बाल स्वास्थ्य सेवा उपलव्ध गराउने योजना रहेको बताएका छन् । साथै, उक्त परियोजनाका लागि वित्तिय सहयोग उपलव्ध गराएकोमा नेशनल लाईफ इन्स्योरेन्स प्रति आभार व्यक्त गरेका छन् ।

यस्तै, कम्पनीको तर्फबाट कार्यकारी प्रमुख खत्रीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशिल भई विगत देखी नै शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन एवं वातावरण संरक्षण जस्ता क्षेत्रहरुमा आर्थिक सहयोग उपलव्ध गराउँदै आएका छन् । इन्ष्टिच्यूटबाट निर्माणधिन बाल अस्पतालको परियोजनामा योगदान पुर्याउन पाएकोमा खुशी व्यक्त गरेका थिए ।

नेपालका बाल बालिकाहरुले अस्पताल संचालन भएपछि सहज रुपमा थप उत्कृष्ट स्वास्थ्य सेवा प्राप्त गर्नेमा खत्रीे विश्वस्त रहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: