काठमाडौं । एनसेल आजियाटा लिमिटेडले लघु चलचित्र प्रतियोगिताको आयोजना गरेको छ । उक्त कम्पनीले दाजू-बहिनी, दिदि-भाइहरूको विशेष सम्बन्ध चित्रण गराउने उदेश्यले भाईटिकाको थिममा लघु चलचित्र प्रतियोगिताको आयोजना गरेको हो ।
त्यस्तै, कम्पनीका अनुसार, ‘प्रतियोगितामा आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकलाई प्रेरित गर्ने चलचित्र बनाउन सक्ने सबै ईच्छुक व्यक्ति वा समूहले भाग लिन सक्नेछन् । प्रतियोगितामा सहभागी हुन दिदि-भाइहरूको हृदयस्पर्शी सम्बन्धलाई ३ देखि ५ मिनेटको भिडियो सुन्दर ढंगमा प्रस्तुत गरेको हुनुपर्नेछ । भिडियोको कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गरी ‘हामी तपाईंकै लागि’ विषयवस्तुको वरिपरि घुमेको हुनुपर्नेछ ।’
कम्पनीले एक सुचना जारी गर्दै उल्लेखित सबै कुरालाई ध्यानमा राखी सहभागीहरुले दिदि-भाइबीचको सुमधुर सम्बन्धलाई मन छुने प्रस्तुतिमार्फत उजागर गर्दै आफ्नो कलाकारितामार्फत निर्णायक मण्डलको मन जितेर पुरस्कार जित्ने अवसर पाउने जानकारी दिएको छ ।
एनसेलका अनुसार, ‘प्रतियोगितामा प्रथम हुने व्यक्ति वा समूहले १ लाख रुपैयाँ, दोस्रो हुनेले ७५ हजार रुपैयाँ र तेश्रो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्राप्त सबै भिडियोहरु मध्ये छानिएका भिडियोहरु भाईटिकाको दिन एनसेलको सोसल मिडिया प्लेटफर्महरुमार्फत सार्वजनिक गरिनेछ । निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह, मल्टिमिडिया स्टोरीटेलर तथा द रेकर्ड नेपालको निर्माता साहाना बज्राचार्य र फिल्म निर्माता अविन भोको एक निर्णायक मण्डलले प्रतियोगितामा प्राप्त भिडियोहरुको समिक्षा र मुल्यांङकन गर्नेछन् । ‘
लघु चलचित्र प्रतियोगिताको विजेताहरु कार्तिक २९ गते भाईटिकाको दिन घोषणा गर्ने कम्पनीले जानकारी दिएको छ । उक्त प्रतियोगिताको भिडियो बुझाउने मिति कार्तिक २३ गतेसम्म एनसेलले थप गरेको छ ।
प्रतियोगितामा इच्छुक व्यक्तिहरुले थप जानकारी तथा सर्तहरुका बारेमा एनसेलको वेबसाइटमार्फत जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्