काठमाडौँ । नेपाल लाइफले एक दिवसीय बिजनेस रिभिउ मिट सम्पन्न गरेको छ । सो कम्पनीले ‘पराक्रमी गति आक्रामक निती’ नाराका साथ काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो त्रैयमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८०-८१ को समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरेर कार्यक्रम सम्पन्न गरेको हो ।
सो कम्पनीका संचालक कमलेश कुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरु तथा प्रादेशिक प्रमुखहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बोल्दै संचालक अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रीरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लागेका सम्पूर्ण प्रगतिका सहयात्रिहरुलाई आभार गरेका थिए ।
कम्पनीका संचालक अग्रवालले अहिलेको विषम परिस्थितिमा यस कम्पनीले जीवनबीमा बजारको २७ प्रतिशत बजार हिस्सा ओगटदै बजारको लिडरको रूपमा आफुलाई स्थापित गराउन योगदान पुर्याएका सबैको प्रसंशा गरेका थिए । साथै, विभिन्न परिस्थितिबाट गुज्रिदै र त्यसबाट पाठ लिदै आजको अवस्थामा आएको कम्पनीले बीमा बजारलाई मार्ग निर्देश गर्न पनि भूमिका निर्वाह गर्नुपर्ने कुरा बताएका थिए ।
उक्त, कम्पनीको सेल्स टिम तथा अभिकर्ता अत्यन्तै अनुभवी र परिपक्क भएको कारण आहिलेको विषम अवस्थामा पनि कम्पनीले उत्कृष्ट व्यापार गर्नेमा आफु विश्वस्त रहेको बताएका छन् । कार्यक्रममा बाल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कर्मचारी तथा अभिकर्ताहरुलाई चालु आर्थिक वर्षको पहिलो त्रैयमासको कार्य सम्पादनको लागि धन्यवाद र चालु आर्थिक वर्षको व्यापार लक्ष्य पुरा गर्न दत्तचित्त भई कार्य गर्न आव्हान गरेका थिए ।
कम्पनीले आफ्नो आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउनका निम्ति डेलिगेसनको कार्य थालनी गरेको बताउँदै, निकट भविष्यमा बीमितहरुले कम्पनीद्वारा प्रदान गरिने सेवाहरु प्राप्त गर्न शाखा धाउन पर्ने अवस्थाको अन्त्य हुने र बीमितहरुले घरै बसीबसी सम्पूर्ण सेवा छिटो प्राप्त गर्ने सकिने कुराको जानकारी दिएका थिए । कार्यक्रममा नेशनल सेल्स हेड, सेल्ससँग सम्बन्धित विभागीय प्रमुखहरु तथा प्रादेशिक प्रमुखहरुले आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरे ।
त्यस्तै, कम्पनीको उच्च व्यवस्थापनद्वारा दिएको मार्ग दर्शनलाई शिरोधार्य गर्दै सेल्स टिम दत्तचित्तभई जीवनबीमाबजारको बजारीकरण तथाबीमाको पहुँचलाई बढाई यस कम्पनीको लिगेसी भिनबअथलाई निरन्तरता प्रदान गर्न कुनै कसर बाँकि नराखी कार्य सम्पादन गर्न सम्पूर्ण नेपाल लाइफकर्मी तयार रहेको कुरा नेशनल सेल्स हेड उमापति पोखरेलले जानकारी दिएका छन् ।
सो कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले हाल सम्मको उपलब्धिका लागि सबैलाई धन्यबाद दिएका थिए । साथै, जीवन बीमा बजारको हिस्सालाई थप बृहत बनाउनका निम्ति आग्रह गरे ।
नेपाल लाइफ मार्केट लिडर भएको कारण कम्पनीको जिम्मेवारी अधिक रहेको मनन गर्दै कार्य सम्पाद नगर्न सबैमा अनुरोध गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्