Skip to content
LAXMI SUNRISE BANK

आर्थिक मन्दीबीच नेपाल लाइफको खुद नाफामा वृद्धि, पहिलो त्रैमासमा १५.७९ करोड नाफा

अर्थ सरोकार

काठमाडौँ । नेपाल लाइफले आर्थिक मन्दीबीच उल्लेखनीय प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफामा १० दशमलव २५ प्रतिशतको वृद्धि भएको छ ।

कम्पनीको यस त्रैमासकको अन्त्यसम्ममा जगेडा तथा कोषमा करिव ७९.३३ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षकाको अन्त्यसम्मको आधारमा २१.८१ प्रतिशतले बढी रहेको छ ।

त्यस्तै, गत आर्थिक वर्षको अन्त्यसम्ममा करिव १ सय ६५ अर्ब ५२ करोड रुपैयाँ रहेको ग्रस इन्सुरेन्स कन्ट्रयाक लाएबिलिटिज ५.८६प्रतिशतले बढि करिव १ सय ७५ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । साथै, महाबिपत्ती कोषमा १ सय २ करोड रुपैयाँ रहेको छ जुन गत आर्थिक वर्षको अन्त्यसम्मको तुलनामा १.५७ प्रतिशतले बढी  रहेको हो ।

कम्पनीको लगानी ५.३९प्रतिशतले बढेको छ । कम्पनीले आश्विन मसान्तसम्म १ सय ७९ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेको हो । कम्पनीको प्रकाशित विवरण अनुसार भुक्तानी हुन बाँकी दावी उलेख्य रूपमा घटेको छ ।

यस्तै, गत आर्थिक वर्षको अन्त्यमा करिव १ अर्ब ३८ करोड रुपैयाँ भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था गरेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३९.३५प्रतिशतले घटी ८३.९१ करोड रुपैयाँ रहेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भने, कम्पनीले सूचना प्रविधिको विकाशलाई अंगिकार गर्दै अनलाइन माध्यमबाट नै दाबी भुक्तानी गर्ने प्रणालीको विकाश गरि कार्यान्वयनमा ल्याई आगामी दिनमा दावी भुक्तानी प्रक्रिया झन् सरल हुन गई ग्राहकहरु लाभान्वित हुन्छन् ।

कम्पनीले आश्विन मसान्त सम्ममा १० अर्ब ९३ करोड कुल बीमा शुल्क आर्जन गरेको छ जुन गतवर्षको सोही अवधिको तुलनामा ८.७२ प्रतिशतले बढी हो । यसै गरी कम्पनीले आश्विन मसान्तसम्ममा १ अर्ब ५८ करोड प्रथम बीमा शुल्क आर्जन गरेको छ । सो समिक्षा अवधिको तुलनामा १३.७९ प्रतिशतले बढी रहेको हो । ८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको समिक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ७.७ रुपैयाँ रहेको छ ।

यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय २४ दशमलव ७२ रुपैयाँ, मूल्य अनुपात आम्दानी ८३ दशमलव १४ गुणा, प्रति सेयर कुल सम्पत्तिको मूल्य २ हजार ३ सय ७ रुपैयाँ रहेको छ ।

आगामी दिनमा कम्पनीलाई थप प्रभाबकारी रुपमा संचालन गर्न विभिन्न संरचनात्मक, प्रक्रियागत सुधारहरु अबलम्ब नगर्दै नेपालीहरुको घर दैलोमा गुणस्तरीय बीमा सेवा प्रवाह गर्न कम्पनी तत्पर रहेको जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK