Skip to content
LAXMI SUNRISE BANK

नेपाल लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

अर्थ सरोकार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । भारतको मुम्बई स्थीत होटल ताज ल्यांड्स इंड्समा आयोजित चौथो आइसीसी इमार्जिंग एशिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड २०२३ समारोहमा ‘आउट स्ट्यान्डिन प्रफमेन्स इन द लाइफ इन्सोरेन्स इन्ड्रस्टी अफ नेपाल’ बाट सम्मानित भएको  हो ।

इन्डियन च्याम्बर अफ कमर्सद्वारा उक्त समारोह आयोजना गरेको हो । कम्पनीले गरेको दाबी भुक्तानीको अनुपात, चुक्तापुंजी, प्रथम बीमा शुल्क आर्जन र प्रशिक्षणमा गरेको लगानी जस्ता मापदण्डहरुलाई मुल्यांकन गर्दै उक्त सम्मान इनसोरेन्सलाई प्रदान गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अन्तराष्ट्रिय सम्मान ग्रहण गरेका थिए । चौथो आइसीसी इमार्जिंग एशिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड २०२३ पीडब्लुसी भारतको सहकार्यमा गरेको हो ।

यस्तै, संसारमै लब्धप्रतिष्ठीत परामर्शदाता पीडब्लुसीले एसियामा उदीयमान इन्स्योरेन्स कम्पनीहरुको कार्यसम्पादन गर्ने प्रक्रियालाई समिक्षा गर्दै कम्पनीहरुलाई विभिन्न विधामा सम्मानित गरेको छ ।

कम्पनीको कार्य कुशलता, प्रभावकारी एवम् पारदर्शी नीति तथा योजना, आम जनमानसको विश्वसनीयता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारित सेवा प्रवाहको आधारमा सर्वश्रेष्ठ रहँदै कार्यसम्पादन गरेकाले कम्पनीलाई ‘आउट स्ट्यान्डिन प्रफमेन्स इन द लाइफ इन्सोरेन्स इन्ड्रस्टी अफ नेपाल’बाट सम्मानित गरेको हो ।

कम्पनीका सीईओ पराजुलीले अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको सुखद अवसरमा सफलताको श्रेय संचालक समितिका अध्यक्ष, सदस्यहरु, सम्पूर्ण कर्मचारीवर्ग, अभिकर्तावर्ग, नियामक निकाय, सेयरधनिहरु तथा नेपाल लाइफसँग आवद्ध समस्त सेवाग्राहीहरुलाई प्रदान गर्दै सफलताको बाटोमा अग्रसर रहन प्रेरित गर्ने सबैमा आभार व्यक्त गरेका छन् ।

उनले  सामुहिक सहकार्य गर्दै जीवन बीमाको महत्व तथा उपयोगिताको बारेमा अझै प्रभावकारी ढंगले नेपाली समाजलाई जागृत गराउँदै जाने बताएका छन् । साथै, बीमाको लागि प्रोत्साहन गराउने कार्यमा नेपाल लाइफलाई अगाडि बढ्न सदैव हौसला मिल्ने अपेक्षासमेत रहेको बताएका हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK