काठमाडौं । नेपाल एसबिआई बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.५५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
बैंकको मङ्सिर १ गते बसेको संचालक समितिको बैठकले ३.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।