×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबिआई मर्चेन्ट बैंकिङको ८औँ वार्षिक साधारण सभा सम्पन्न

GLOBAL IME BANK
SHREE KESH

नेपाल एसबिआई मर्चेन्ट बैंकिङको ८औँ वार्षिक साधारण सभा सम्पन्न

५ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङको ८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा नेपाल एसबिआई बैंकको प्रधान कार्यालय कमलादी काठमाडौंमा सम्पन्न भएको हो ।

सो सभाले कम्पनीको आर्थिक वर्ष २०७९-८० को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण, आषाढ मसान्त २०८० को वासलात, आर्थिक वर्ष २०७९-८० को नाफा नोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरुसमेत पारित गरेको छ ।

वार्षिक साधारण सभाले कम्पनीमा रिक्त रहेको स्वतन्त्र संचालक पदमा नन्दन हरि शर्मालाई ४ वर्षका लागि नियुक्त गरेको जनाएको छ ।

त्यस्तै, साधारणसभाले आर्थिक वर्ष २०८०-८१ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एपि एण्ड एशोसियट्स चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: