×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबिआई मर्चेण्ट बैंकिङको साधारण सभा मंसिर ५ गते हुँदै

PRIME CA
GLOBAL IME BANK

नेपाल एसबिआई मर्चेण्ट बैंकिङको साधारण सभा मंसिर ५ गते हुँदै

३ मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङले  वार्षिक साधारण सभाको आयोजना गरेको छ । बैंकको प्रधान कार्यालयको सभाहल कमलादीमा ८औँ वार्षिक साधारण सभा  हुने भएको हो ।

सो सभा मंसिर ५ गते बिहान ११ बजे देखि सुरु हुने भएको छ । सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफा नियममा प्रबन्धपत्रको दफा २ र नियमावलीको नियम ३ (ण) १९ (३), २८ (२) (ख), २८ (६), ३०(१) (क) तथा ३९ (४) संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

यस्तै, नियामक निकायहरुको निर्देशन बमोजिम प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन गर्न उपयुक्त भएकोमा उक्त कार्यका लागि संचालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्तावसमेत  पारित गर्नेछ ।

आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०-८१ को लागि लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने कम्पनीले जनाएको छ ।

सो सभाले कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने १ जना स्वतन्त्र संचालकको नियुक्तीसमेत गर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: