काठमाडौँ । नेपाल एसविआई मर्चेन्ट बैंकिङले नयाँ अफर सार्वजनिक गरेको छ । उक्त कम्पनीले डिम्याट तथा मेरो सेयर खाता खोल्न निश्चित अवधिका लागि बम्पर छुट सहितका नयाँ अफर सार्वजनिक गरेको हो ।
कम्पनीले एक सुचना जारी गर्दै मेरो सेयर खाताहरुको सहज पहुँच, सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने तथा पूँजीबजारमा सहभागिताका साथै धितोपत्र निष्काशनमा कम्पनीको पूँजी सुनिश्चितता लागि सहयोग हुने जानकारी दिएको छ ।
कम्पनीका अनुसार, ‘डिम्याट खाता नि:शुल्क खोलिने छ । एक वर्षसम्मको डिम्याट तथा मेरो सेयरको नविकरण गर्दा ५० प्रतिशत छुट पाइनेछ । नि:शुल्क डिम्याट खाताका साथै ५ वर्षसम्म डिम्याट तथा मेरो सेयरको नविकरणमा ३७ दशमलव ६३ प्रतिशत छुट हुने छ । परिवार योजना अन्तरगत ३ जनाको डिम्याट तथा मेरो सेयर खोल्दा र नविकरणमा १ जनाको नि:शुल्क हुने छ भने ३३ दशमलव ३३ प्रतिशत छुट दिइने छ ।’
त्यस्तै, कम्पनीले नि:शुल्क डिम्याट खाता, १० वर्ष डिम्याट तथा मेरो सेयरको नविकरणमा ३५ दशमलव ५५ प्रतिशत छुट दिने जानकारी दिएको छ । साथै, नि:शुल्क डिम्याट खाता खोली आजिवन नविकरण गरेमा ८० दशमलव १४ प्रतिशत छुट दिने कम्पनीले जनाएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्