×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल वेयरहाउजिङको आईपीओमा आवेदन दिने बुधबार अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल वेयरहाउजिङको आईपीओमा आवेदन दिने बुधबार अन्तिम दिन

Artha Sarokar

१३ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल वेयरहाउजिङ कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने बुधबार अन्तिम दिन रेहेको छ । आईपीओमा आवेदनकर्ताले बुधबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । कम्पनीले मंसिर ११ देखि ११ लाख ४१ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरिसकेको हो । साथै, सामूहिक लगानी कोष र कर्मचारीका लागिसमेत सेयर बाँडफाँट गरिसकेको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि ग्राहकहरुले आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी-आस्वा सदस्य रहेका बैंक, वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

नेपाल वेयरहाउजिङ कम्पनीको बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी