×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्धन उत्थान लघुवित्तद्धारा ऋण नतिर्ने १ सय १० ऋणीहरुको नाम सार्वजनिक

PRIME CA
GLOBAL IME BANK

निर्धन उत्थान लघुवित्तद्धारा ऋण नतिर्ने १ सय १० ऋणीहरुको नाम सार्वजनिक

१२ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । निर्धन उत्थान लघुवित्तले ऋण नतिर्ने ऋणीहरुको नाम सार्वजनिक गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै  १ सय १० ऋणीले समयमै ऋण नतिरेको हुदाँ ऋणीहरुको नाम सार्वजनिक गरेको हो ।

धितो सुरक्षण राखि सामूहिक जमानीमा कर्जा लिएका ऋणीले  कर्जाको साँवा व्याज लगायत अन्य रकम समय-समयमा बुझाउनु पर्ने थियो । तर, रकम नबुझाई ऋण कर्जा सम्बन्धी सर्त बन्देज उल्लङघन भएकोले पटक-पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दासमेत ऋण कर्जा भुक्तान नभएको कम्पनीले जनाएको छ ।

यस्तै, ऋणीहरुले कुनै चासो नदेखाई बेवास्ता गरेकाले कम्पनीले ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको हो । कम्पनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र लघुवित्त संस्थामा सम्पर्क राखि वित्तीय संस्थाबाट लिएको ऋण कर्जाको सम्पूर्ण साँवा व्याज र अन्य दस्तुर चुक्ता भुक्तान गर्न अनुरोध गरेको छ ।

ऋणीहरुले ऋण नतिरेको खण्डमा प्रचलित ऐन कानून र लघुवित्तसँग गरेको लिखत बमोजिम ऋणी तथा जमानीकर्तालाईसमेत कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गर्ने कम्पनीले जनाएको छ । साथै, कम्पनीले धितोमा रहेका वा नरहेको चल-अचल सम्पत्ति लिलाम विक्री गरी लघुवित्तको आफ्नो  रकम असुल  गर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: