×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकले लाभांश वितरण नगर्ने, मुनाफा सञ्चित गर्ने निर्णय

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनएमबि बैंकले लाभांश वितरण नगर्ने, मुनाफा सञ्चित गर्ने निर्णय

१४ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनएमबि बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । बैंकको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले २०७९-८० आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरणअनुसार कायम रहेको वितरणयोग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित गर्ने निर्णय गरेको छ । वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने भएको छ । साथै, आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्ने बैंकले जनाएको छ ।

बैंकले अघिल्लो आर्थिक वर्ष २०७८-७९ मा ८.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: