काठमाडौँ । एनएमबि बैंकले भूकम्प पिडितहरुका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । उक्त बैंकले जाजरकोटमा भूकम्पबाट प्रभावितहरुका लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले आर्थिक सहयोग उपलब्ध गर्ने निर्णय गरेको हो ।
बैंकले एक सुचना जारी गर्दै कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई २०८० कार्तिक १७ गते गएको भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत आसपासको क्षेत्रमा परेको क्षतिमा राहत उपलब्ध गराउने बैंकले जानकारी दिएको छ ।
एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५० लाख रुपैयाँ नगद सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त रकमले भूकम्पबाट प्रभावितहरुका लागि सहयोग पुग्नेमा बैंक विश्वस्त रहेको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्