×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकले सार्वजनिक गर्यो नयाँ अफर, विद्युतिय कारोबारलाई प्रोत्साहन गर्ने उदेश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनएमबि बैंकले सार्वजनिक गर्यो नयाँ अफर, विद्युतिय कारोबारलाई प्रोत्साहन गर्ने उदेश्य

Artha Sarokar

२४ कार्तिक २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनएमबि बैंकले नयाँ अफर सार्वजनिक गरेको छ । बैंकले डेबिट कार्ड प्रयोग गरी पिओएस वा ई-कमर्स जस्ता विद्युतिय कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले नयाँ अफर सार्वजनिक गरेको हो ।

बैंकले एनएमबिको डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि २ सय क्यास-ब्याक प्राप्त गर्न सक्ने अफर सार्वजनिक गरेको छ । बैंकले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुका लागि उक्त अफर ल्याएको हो ।

बैंकका ग्राहकहरुले नोभेम्बर ११ देखि १९सम्म क्यास ब्याक अफर प्राप्त गर्न सक्नेछन् । सो अफर प्राप्त गर्न एक पटकमा हजार रुपैयाँको न्यूनतम भुक्तानी गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै, एनएमबि बैंकले हाल देशभरी २ सय १ शाखाहरु, १ सय ५७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी