×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआरएनएको सहयोगमा भूकम्प पीडितका लागि रेडियोबाट मनोपरामर्श कार्यक्रम सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनआरएनएको सहयोगमा भूकम्प पीडितका लागि रेडियोबाट मनोपरामर्श कार्यक्रम सुरु

Artha Sarokar

१० मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनआरएनएले स्थानीय रेडियो हाम्रो पाइला एफएमसँगको सहकार्यमा रेडियो कार्यक्रम सञ्चालन गरेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले  भूकम्प प्रभावित क्षेत्रका स्रोतालाई लक्षित गर्दै उक्त कार्यक्रम सुरु गरेको हो ।

एनआरएनएको टोली राहत वितरणका लागि जाजरकोट र रुकुम पश्चिम  पुगेका बेला त्यहाँका स्थानीय जनसमुदाय एकदमै तनावमा रहेका थिए । विपद्को समयमा सबैभन्दा भरपर्दो माध्यम रेडियो भएकाले मनोपरामर्श कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको संघका अध्यक्ष राजेन्द्रकुमार  शर्माले बताएका छन् ।

यस्तै, अहिलेसम्म संस्कृतिविद् डा. चिन्तामणिनाथ योगी, मनोविद् गोपाल बोहरा, ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हत लगायत ६ जना विज्ञसंगको अन्तरवार्ता प्रसार भैसकेको छ । चर्चित कलाकार मनोज गजुरेसंगको कुराकानी छिट्टै प्रसार गरिने नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष एवं रेडियो हाम्रो पाइलाका प्रबन्ध निर्देशक बालकुमार शर्माले बताए ।

प्रबन्ध निर्देशक बालकुमार शर्माले आफ्ना प्रियजन गुमाएका भूकम्प पीडित लगायत समुदायका सबै सदस्यहरु लाभान्वित हुने गरी आफुहरुले कार्यक्रम निर्माण गरिरहेको र श्रोताहरुबाट निकै सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको  बताएका छन् । अहिलेलाई साँझ सवा ६ बजेदेखि १ घण्टा प्रसारण भैरहेको कार्यक्रम बिहान पनि प्रसारण गर्न माग आएको अध्यक्ष शर्माले जानकारी दिए ।

उनले कार्यक्रम उत्पादन गर्न उत्प्रेरणा र सहयोग प्रदान गरेकोमा एनआरएनएलाई धन्यवाद पनि दिएका छन् । यसैगरी काठमाडौँस्थित मनोपरामर्श दिने संस्था, ह्याप्पी माइन्ड्सले रेडियो हाम्रो पाइला एफएमलाइ कार्यक्रम उत्पादनमा सहयोग गर्ने ह्याप्पी माइन्ड्सकी प्रमुख कार्यकारी श्रीया गिरीले बताइन् ।

उनले भनिन्, ‘हामीले जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प प्रभावितहरु, स्वास्थ्यकर्मी तथा उद्धारकर्ताहरुका लागि निशुल्क २४ घन्टे मनोपरामर्श सेवा सुरु गरेका छौं । ९८०१०२९५०० मा फोन गरेर निशुल्क रुपमा परामर्श लिन सकिन्छ। रेडियो हाम्रो पाइला एफएमसंग सहकार्य गर्न पाउँदा हामीलाई निकै खुसी लागेको छ ।’

यस्तै, गत महिना जाजरकोट र रुकुम पश्चिम पुगेर एनआरएनए टोलीले भूकम्प पीडितहरुलाई अत्यावश्यक राहत पनि वितरण गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी