काठमाडौँ । एनआईसी एशिया बैंकसहित ३ बैंकको चेकसहित २२ लाख रुपैयाँ अवैध ओसारपसारमा संग्लन १६ बर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । स्रोत नखुलेको रकम बोकेको भन्दै विराटनगर–६ शनि मन्दिरबाट १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाली रुपैयाँ नगद २१ लाख ८७ हजारसहित ती किशोर आउँदै गरेको सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट परिचालन भएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । सूचनालाई पछ्याएको प्रहरीले ती किशोरको साथबाट २२ लाख रुपैयाँ, बलराम केसरीको नाममा रहेको कुमारी बैंक लिमिटेडको चेक बुक थान–१, रञ्जितकुमार साहको नाममा रहेको एनआईसी एसिया बैंकको चेकमा उमेशकुमार भगतको नाममा ८६ हजार, काटिएको चेक थान–१, ग्लोबल आईएमई बैंक लिमिटेडमा विभिन्न मितिमा १६ लाख ६९ हजार ५ सय रुपैयाँ जम्मा गरेको रसिद ४ थान र उनले प्रयोग गरेको प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको पल्सर मोटरसाइकल समेत बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेका किशोरलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्