Skip to content
LAXMI SUNRISE BANK

आर्थिक अपराधमा किशोरकिशोरीको प्रयोग : २२ लाख रुपैयाँसहित पक्राउ परेका किशोर कालो झोला बोकेर कता जाँदै थिए ?

अर्थ सरोकार

काठमाडौँ । एनआईसी एशिया बैंकसहित ३ बैंकको चेकसहित २२ लाख रुपैयाँ अवैध ओसारपसारमा संग्लन १६ बर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । स्रोत नखुलेको रकम बोकेको भन्दै विराटनगर–६ शनि मन्दिरबाट १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाली रुपैयाँ नगद २१ लाख ८७ हजारसहित ती किशोर आउँदै गरेको सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट परिचालन भएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । सूचनालाई पछ्याएको प्रहरीले ती किशोरको साथबाट २२ लाख रुपैयाँ, बलराम केसरीको नाममा रहेको कुमारी बैंक लिमिटेडको चेक बुक थान–१, रञ्जितकुमार साहको नाममा रहेको एनआईसी एसिया बैंकको चेकमा उमेशकुमार भगतको नाममा ८६ हजार, काटिएको चेक थान–१, ग्लोबल आईएमई बैंक लिमिटेडमा विभिन्न मितिमा १६ लाख ६९ हजार ५ सय रुपैयाँ जम्मा गरेको रसिद ४ थान र उनले प्रयोग गरेको प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको पल्सर मोटरसाइकल समेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेका किशोरलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK