×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३३ करोड हिनामिनाको आरोपमा नेसनल डेभलपमेन्ट सहकारीका व्यवस्थापक पक्राउ

अर्थ सरोकार

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार

PRIME CA

३३ करोड हिनामिनाको आरोपमा नेसनल डेभलपमेन्ट सहकारीका व्यवस्थापक पक्राउ

काठमाडौँ । नेसनल डेभलपमेन्ट को–अपरेटिभ सोसाइटीका व्यवस्थापक पक्राउ परेका छन् । ललितपुरको गाबहालमा रहेको उक्त सहकारीको ३३ करोड बढी रकम हिनाहिना गरेको आरोपमा संस्थाका व्यवस्थापक दिनेशकुमार पन्त पक्राउ परेका हुन् । 

पन्तसँगै सहकारीको लेखा समिति संयोजक रवीन्द्रकुमार नेम्कुल पनि पक्राउ परेका छन् । उनीहरुले आफन्तका नाममा नियमविपरीत कर्जा प्रवाह गरी रकम हिनामिना गरेको प्रहरीले जनाएको छ । 

यसो त उक्त सहकारीमा भएको ठगीको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले गरेको थियो । सिआईबीले गरेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा समेत बुझाइसकेको छ । प्रतिवेदनमा उनीहरुमाथि ३३ करोड २२ लाख ५८ हजार दुई सय ८३ रुपैयाँ बिगो कायम गरी ठगी मुद्धा चलाउनुपर्ने राय सिआईबीले दिएको छ । 

सिआईबीका अनुसार पक्राउ परेका व्यवस्थापक पन्तले आफ्नी श्रीमती एकता पन्त, छोरा दिवश पन्त र भाई उत्तम पन्तको नाममा बिना धितो नियमविपरित कर्जा प्रवाह गरेका थिए । 

त्यस्तै, लेखा समितिका संयोजक नेम्कुलसहित कृष्ण खत्री र रुपा घिमिरेको नाममा पनि कर्जा प्रवाह भएको सिआईबीको प्रतिवेदनमा उल्लेख छ । घिमिरेको नाममा रहेको जग्गा सहकारीबाट लिएको कर्जा नै नतिरी फुकुवा गरेको समेत पाइएको सिआईबीले जनाएको छ । सहकारीको यस्तो ठगीमा संस्थाका तत्कालीन अध्यक्ष स्वर्गीय रजेशहरी जोशीको पनि मिलेमतो देखिएको सिआईबीले जनाएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: