×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘रमाइलो’ एप पुन:सञ्चालनमा, एपमा केही समस्या देखा परे कम्पनीलाई खबर गर्न आग्रह

PRIME CA
GLOBAL IME BANK

‘रमाइलो’ एप पुन:सञ्चालनमा, एपमा केही समस्या देखा परे कम्पनीलाई खबर गर्न आग्रह

१२ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । टिकटक जस्तै ‘रमाइलो’ एप पुन:सञ्चालनमा आएको छ । नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि सार्वजनिक भई केही दिन रोकिएको मोबाइल एप ‘रमाइलो’ पुन:सञ्चालनमा आएको हो ।

कम्पनीले एक सुचना जारी गर्दै गुगल प्ले स्टोरका केही शर्त पूरा गरी एप पुन:सञ्चालनमा आएको जनाएको छ । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एप केही समयमै लोकप्रिय बन्न पुगेको छ ।

कम्पनीका अनुसार एप सार्वजनिक भएको केही दिनमै २ लाखभन्दा बढी पटक डाउनलोड भएको थियो । जसकारण नेपालको इतिहासमै यो एप सबैभन्दा छिटो धेरै डाउनलोड भएको  कम्पनीले जनाएको छ ।

यस एपमा भिडियो हेर्ने, अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाईक, कमेन्ट, शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधासमेत दिएको छ ।कम्पनीले केही दिनमै एपस्टोरमा पनि रमाइलो एपलाई उपलब्ध गराने छ ।

कम्पनीले रमाईलो एपमा केही समस्या देखा परेमा  कम्पनीलाई खबर गर्न आग्रह गरेको छ । प्रयोगकर्ताको सुझावअनुसार निरन्तर एपको विकाश गर्दै लैजाने कम्पनीको भनाइ छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: