Skip to content
LAXMI SUNRISE BANK

राप्ती हाइड्रोले पायो हकप्रदको प्रस्ताव साधारण सभामा पेश गर्न आयोगबाट स्वीकृती

अर्थ सरोकार

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले हकप्रद सेयर निष्काशनको प्रस्ताव साधारण सभामा पेस गर्न स्वीकृति पाएको छ । उक्त कम्पनीलाई विद्युत नियमन आयोगले हकप्रद सेयर निष्काशनको प्रस्ताव साधारण सभामा पेस गर्न कात्तिक १९ गते स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले आयोगसँग चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभामा लैजान आयोगसँग स्वीकृति मागेको थियो ।

राप्ती हाइड्रो कम्पनीले अब हकप्रद सेयर निष्काशनको प्रस्ताव साधारण सभामा पेश गरी स्वीकृति पाएपछि हकप्रद सेयरको प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK