×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकले भूकम्प पीडितका लागि प्रदान गर्यो आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

राष्ट्रिय वाणिज्य बैंकले भूकम्प पीडितका लागि प्रदान गर्यो आर्थिक सहयोग

Artha Sarokar

२१ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले भूकम्प पीडितका लागि आर्थिक सहयोग प्रदान गरेको छ । सो बैंकले जाजरकोटका भूकम्प पीडितको सहायताका लागि १ करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको हो ।

बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गानाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल  दहाल प्रचण्डूलाई मङ्गलबार एक कार्यक्रमका बीच एक करोड रुपैंयाको चेक रकम हस्तान्तरण गरेका छन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरुको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको च.हि.न. ११३०१००००३७६२००१ खातामा बैंकको तर्फबाट १ करोड रुपैंया ट्रान्सफर गरेको हो ।

भूकम्पका कारण मृत्यु हुने नागरिकहरु प्रति बैंकले हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, बैंक घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत व्यक्त गरेको छ ।

उक्त कार्यक्रममा मुख्य सचिव डा.बैकुण्ठ अर्याल, स्वकिय सचिव गंगा दहाल, बैंक सञ्चालक समिति सदस्यहरु रोमिला ढकाल उप्रेती, सुशिल घिमिरे र लक्ष्मण घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेलको उपस्थिति रहेको छ ।  साथै, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख आनन्द सुवेदी, सिंहदरबार परिसर शाखाका प्रबन्धक अनिश रायमाझी, सहायक प्रबन्धक ईश्वर उप्रेती, सन्दिप अर्याल, गगन लोहारको उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी