काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमसको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा कम्पनीको खुद नाफा १५.२१ प्रतिशतले बढेको छ ।
जलविद्युत कम्पनीले पहिलो त्रैमाससम्ममा ५ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ४ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै, कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढेको छ । यसको विद्युत बिक्रीबाट हुन् आम्दानी ४.२५ प्रतिशतले बढेर १० करोड ७७ लाख रुपैयाँ पुगेको छ ।
यस्तै, कम्पनीको संचालन नाफा पनि ९ करोड २ लाख रुपैयाँबाट बढेर १० करोड ५० लाख रुपैयाँ पुगेको छ । सगरमाथा जलविद्युत कम्पनीको विद्युत बिक्रीबाट हुन् आम्दानी र संचालन नाफा दुबै बढेको हुनाले खुद नाफा बढेको हो । साथै, कम्पनीको रिटेन अर्निङमा ११ करोड १८ लाख रुपैयाँ छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ९८ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्