×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहयोगी वचत तथा ऋण सहकारी संस्थाको २९औं साधारण सभा सम्पन्न

PRIME CA
GLOBAL IME BANK

सहयोगी वचत तथा ऋण सहकारी संस्थाको २९औं साधारण सभा सम्पन्न

६ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सहयोगी वचत तथा ऋण सहकारी संस्थाको वार्षिक साभारण सभा सम्पन्न भएको छ । सहकारीको २९औं वार्षिक साभारण सभा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-२ मा सोमबार सम्पन्न भएको हो ।

साधारण सभामा  संस्थाका अध्यक्ष रामेश्वर श्रेष्ठको सभापतित्व तथा संघिय भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । संस्थाको ३०औं स्थापना दिवसको उपलक्ष्य पारि नव निर्मित भवनको  उद्घाटन चौधरीले  गरेकी हुन् ।यस्तै, २०५० मंसिर ४ गते स्थापित सहयोगी साकोसमा हाल ७ हजार ६ सय ९४ जना सेयर सदस्य रहेका छन् । कार्यक्रममा संस्थाका अध्यक्ष रामेश्वर श्रेष्ठले आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८०-८१ को लागि नीति तथा कार्यक्रम, कोषाध्यक्ष अन्जित कुमार श्रेष्ठले आर्थिक वर्ष २०७९-८० को आर्थिक प्रतिवेदन, आर्थिक वर्ष २०८०-८१ को लागि आनुमानित आय व्याय र कार्यक्रम वार्षिक बजेट, लेखा सुपरिवेक्षणको प्रतिवेदन समितिका सदस्य राजेश श्रेष्ठले, ऋण उप समितिको प्रतिवेदन संचालक रामहरी थापा, शिक्षा उप समितिको प्रतिवेदन संचालक कर्साङ लामा र महिला उप समितिको प्रतिवेदन संचालक सुनिता अधिकारीले प्रस्तुत गरेका थिए ।संस्थाका सचिव प्रल्हाद बस्नेत र संचालक कर्साङ लामाले संचालन गरेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उप प्रमुख सान्नानी लामा लगायत कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १, २ र ३ का वडा अध्यक्ष क्रमश मुकुन्द गजुरेल, सुरज खड्का, राममणी पुडासैनी तथा अन्य छिमेकी सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तब्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सहकारी क्षेत्र सुधारमा धेरै कामहरु भई रहेको र सहकारी क्षेत्रको साख कायम गर्न आवश्यक परे ऐन सम्शोधन गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेकी  छिन् । साथै, सदस्यको बित्तिय आवश्यकतालाई परिपुर्ति गरि समुदायको दीगो र सक्षम साकोस बन्न सकोस भन्ने शुभकामना व्यक्त गरेकी थिईन् ।

साधारण सभाको अवसरमा आर्थिक वर्ष २०७९-८० का उत्कृष्ठ वचतकर्ता, ऋणी सदस्य, बाल वचतकर्ता, दैनिक वचतकर्ता, उत्कृष्ठ कर्मचारी र लघुबित्त तर्फ उत्कृष्ठ वचतकर्ता, ऋणी सदस्यलाई नगद तथा प्रमाण पत्रसहित सम्मान गरेका थिए ।

उक्त साधारण सभामा निवर्तमान अध्यक्ष रामेश्वर श्रेष्ठको अध्यक्षतामा आगामी चार वर्षको लागि नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको चयनसमेत भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: