×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकले गर्यो दराजसँग सहकार्य, ‘दराज ११.११’ योजनामा विशेष छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सानिमा बैंकले गर्यो दराजसँग सहकार्य, ‘दराज ११.११’ योजनामा विशेष छुट

Artha Sarokar

२२ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सानिमा बैंकले दराजसँग सहकार्य गरेकोे छ । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि दराजसँग ‘दराज ११.११’ योजनामा विशेष छुट दिने सहकार्य गरेको हो ।

बैंकको सो योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २५ सयसम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

सानिमा बैंकले एक सुचना जारी गर्दै  बैंकको योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गर्ने व्यवस्था रहेको जानकारी दिएको छ । साथै, ग्राहकहरूले छुटका लागि दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्ने हुन्छ ।

त्यस्तै, क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (इएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन् । बैंकको उक्त योजना २०८० कार्तिक २५ देखि २०८० मंसिर ६ गतेसम्म १२ दिनका लागि लागू हुनेछ ।

सानिमा बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको बैंकले जानकारी दिएको छ । उक्त, बैंकको देशका सातै प्रदेशमा १ सय ३२ वटा कार्यालय तथा १ सय २३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी