काठमाडौं । तिहार बिदा अघिको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ११.८५ अंकले घटेर १८५२.०८ बिन्दुमा पुगेको हो ।
बिहीबार नेप्सेमा कुल २८२ कम्पनीको २८ लाख ३३ हजार ७ सय ३१ कित्ता सेयर खरिद बिक्री हुँदा ८३ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको ७ करोड ७० लाख ८६ हजार ६ सय ७३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बिहीबारको सेयर बजारमा सयपत्री हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा सनराइज ब्लुचिप फण्ड, ओरियन्टल होटल, समाज लघुवित्त वित्तीय संस्था, श्री इन्भेस्टमेन्ट फाइनान्स र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको ७ करोड ७० लाख ८६ हजार ६ सय ७३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोल्टी होटल, हाथवे इन्भेस्टमेन्ट, तारागाउँ रिजेन्सी होटल, सानिमा जीआइसी इन्स्योरेन्स र साल्ट ट्रेडिङको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा माउनटेन इनर्जी नेपालका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । माउनटेन इनर्जी नेपालमा यस्तो गिरावट आउँदा नेपाल एसबिआई बैंक, माया खोला हाइड्रोपावर, बुद्धभूमि नेपाल हाइड्रोपावर र मेंछियम हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्