×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धु विकास बैंकद्धारा भूकम्प पीडितलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग

PRIME CA
GLOBAL IME BANK

सिन्धु विकास बैंकद्धारा भूकम्प पीडितलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग

४ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिन्धु विकास बैंकले जाजरकोटका भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले भूकम्प पीडितको साहेताका लागि २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

बैंकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत कार्यमा सहयोग गर्ने उदेश्यले आफ्ना सम्पूर्ण कर्मचारीहरुको १ दिनको तलव भत्ता बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको छ ।

विगतमा पनि बैंकले विभिन्न किसिमका राष्ट्रिय विपत्तीमा सहयोग गर्दै आइरहेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले भविष्यमा यस्तै किसिमका सहयोगहरु गरी रहने जानकारी दिएका छन् ।

सिन्धु विकास बैंक सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित बैंक हो । यसले आफ्नो ५ वटा कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन  जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र एउटा सीमित बैंकिङ ईकाइबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

कम्पनीले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामीण भेगहरुमा बैंकिङ सेवा विस्तार गरीरहेको छ । उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण व्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: