×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रास्वपामा रविको उत्तराधिकारी बन्दै डा. स्वर्णिम वाग्ले, उपसभापतिमा मनोनित हुँदै ! 

अर्थ सरोकार

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलवार

PRIME CA

रास्वपामा रविको उत्तराधिकारी बन्दै डा. स्वर्णिम वाग्ले, उपसभापतिमा मनोनित हुँदै ! 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा डा. स्वर्णिम वाग्ले मनोनित हुने भएका छन् । तनहुँ–१ बाट निर्वाचित सांसद वाग्लेलाई महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उपसभापतिमा मनोनित गर्ने भएको हो । उनी रास्वपाको अर्थ विभाग प्रमुखसमेत हुन् ।

गत वैशाखमा नेपाली कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका डा. वाग्ले कांग्रेसका गोबिन्द भट्टराईलाई पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

वाग्लेलाई उपसभापतिमा मनोनित गर्न लागेको रास्वपाका एक नेताले पुष्टि गरेका छन् । ती नेताका अनुसार पार्टीको विधानमा भएको दुईवटा उपसभापति बनाउन सकिने व्यवस्था अनुसार नै वाग्लेलाई उपसभापतिमा मनोनित गर्न लागिएको हो । हाल पार्टीको एउटा उपसभापति सांसद डोलप्रसाद अर्याल हुन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भइसकेको डा. वाग्लेले विभिन्न दातृ निकाय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुमा अर्थशास्त्रीका रुपमा काम गरिसकेका छन् । रास्वपाको उपसभापतिमा मनोनित हुने भएसँगै वाग्लेलाई पार्टी सभापति रवि लामिछानेको उत्तराधिकारीका रुपमा पनि हेरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: