×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ठूलो खोला हाइड्रोपावरको पहिलो वार्षिक साधारण सभा मंसिर २९ गते हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ठूलो खोला हाइड्रोपावरको पहिलो वार्षिक साधारण सभा मंसिर २९ गते हुने

Artha Sarokar

८ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ठूलो खोला हाइड्रोपावरले पहिलो वार्षिक साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको कार्यालय काठमाडौँ महानगरपालिका २२ खिचापोखरीमा मंसिर २९ गते हुने भएको हो ।

सभाले आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने भएको छ । साथै, चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्ने भएको हो ।

त्यस्तै, सभाले आइपीअ‍ो निष्कासनको लागि आवश्यक प्रक्रिया अगाढि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । सभाले अन्य परियोजनाहरुमा लगानी गर्ने लगायतका सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने भएको छ ।

सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने लगायतका विशेष प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी