×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिलिभर नेपालले पश्चिम नेपालका भुकम्प पीडितहरुलाई राहत प्रदान गर्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

युनिलिभर नेपालले पश्चिम नेपालका भुकम्प पीडितहरुलाई राहत प्रदान गर्यो

Artha Sarokar

२० कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । युनिलिभर नेपालले पश्चिम नेपालको जाजरकोट र पश्चिम रुकुममा भुकम्पबाट प्रभावित जन समुदायहरुको साथमा ऐक्यबद्धता जनाएको छ ।

मानवीय सहायता प्रति आफ्नो प्रतिबद्धताको एक हिस्सा स्वरुप युनिलिभर नेपालले प्रभावित क्षेत्रहरुमा अत्यावश्यकीय सहायता सामग्रीहरु उपलब्ध गराएको छ । यतिबेला जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्पबाट अत्याधिक प्रभावित स्थानीय जन समुदामयहरुलाई सहायताको ठूलो आवश्यकता रहेको छ ।

कम्पनीले हर्लिक्स, सुप, औषधी र औषधोपचार सामग्री, ७०० थान ब्ल्यांकेटहरु, २५० थान त्रिपालहरु र स्थानीय रुपमा खरिद गरिएका थप खाद्यान्नहरु जाजरकोट र रुकुम जिल्लामा वितरण गरेको छ ।

युनिलिभर नेपालले स्थानीय निकायहरु, संघसंस्थाहरु, संगठनहरु र समुदायहरुसँग समन्वय गरेर राहत सामग्री वितरणको कार्य प्रभावकारी ढंगले गरिरहेको छ । संकटको समयमा राष्ट्रलाई आवश्यक सहयोग गर्न, विपदजन्य सहयोगमा योगदान पु¥याउन र समुदायहरुको पुनः निर्माणमा सहायता प्रदान गर्न कम्पनीले प्रतिबद्धता जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी