×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भायानेटले ल्यायो ‘रिफर ४ फ्रेण्ड्स एण्ड विन बिग’ अफर

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भायानेटले ल्यायो ‘रिफर ४ फ्रेण्ड्स एण्ड विन बिग’ अफर

१७ कार्तिक २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भायानेट कम्युनिकेसनले आफ्नो नयाँ अफर ‘रिफर ४ फ्रेण्ड्स एण्ड विन बिग’ को घोषणा गरेको छ । जस अन्तर्गत चारजना साथी वा परिवारका सदस्यलाई रिफर गर्ने ग्राहकहरूले ४ महिनाको नि:शुल्क इन्टरनेटका साथै अल्टिमा इयरबडहरू पनि नि:शुल्क प्राप्त गर्न सक्नेछन् ।

यो अफर भायानेटको पहिले नै लोकप्रिय भैसकेको चाडपर्व अफर ‘चाडमा चौका’ अभियानको विस्तारको रूपमा आएको कम्पनीले जनाएको छ । ‘चाडमा चौका’ अफर अन्तर्गत भायानेटले नयाँ किफायती इन्टरनेट प्याकेजहरू प्रति महिना भ्याट बाहेक रू.७०० र ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबडहरू तथा हिमस्टार होम एप्लिएन्सहरूमा ५० प्रतिशत छुट प्रदान गर्नेछ ।

कार्तिक १६ गतेबाट शुरू भएर मङ्सिर ९ मा अन्त्य हुने यो नयाँ अफरमा भायानेटका ग्राहकहरूले भायानेट परिवारमा सामेल हुनका लागि चारजना साथी वा परिवारका सदस्यहरूलाई रिफर गरी निम्न  विशेष फाइदाहरू प्राप्त गर्न सक्नेछन् ।

१. नि :शुल्क अल्टिमा एटम १९२ वायरलेस इयरबड्स: तोकिएको समयसीमा भित्र चारजना साथीहरूलाई सफलतापूर्वक रिफर गर्ने प्रत्येक ग्राहकले एक जोड अल्टिमा एटम १९२ वायरलेस इयरबड नि :शुल्क प्राप्त गर्नेछन् ।

२. आफ्नो लागि चार महिनाको नि :शुल्क इन्टरनेट : प्रत्येक सफल रिफरलका लागि भायानेटका ग्राहकले स्ट्यान्डर्ड रिफरल योजना अन्तर्गत १ महिनाको नि :शुल्क इन्टरनेट सेवा पाउने छन् । यस अनुसार, चारजना ग्राहकलाई रिफर गर्दा पहिले नै चार महिनाको नि :शुल्क इन्टरनेट प्राप्त हुनेछ ।

३. रिफर गरिएकाको लागि एक महिनाको नि :शुल्क इन्टरनेट:  ग्राहकद्वारा रिफर गरिएका साथी वा परिवारजनलाई भायानेटको स्ट्यान्डर्ड रिफरल योजनाको एक भागको रूपमा अल्ट्रा-फाइ योजनाको सदस्यता लिएको खण्डमा एक महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गरिनेछ ।

भायानेट कम्युनिकेसनकि सीईओ सेवा पाठकले भनिन्, ‘असाधारण मूल्य र उत्कृष्ट इन्टरनेट अनुभव प्रदान गर्ने हाम्रो बलियो प्रतिबद्धता छ । हाम्रा ग्राहकहरूलाई आभार व्यक्त स्वरुप यो ‘रिफर ४ फ्रेण्ड्स एण्ड विन बिग’ अफर प्रस्तुत गर्न पाउँदा अत्यन्त खुसी लागेको छ । यस अफरले हाम्रा ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट प्राप्त गर्न, निस्शुल्क वायरलेस इयरबडको आनन्द लिन र आफ्ना प्रियजनसँग भायानेटको विशिष्ट अनुभव बाँड्न सघाउने विश्वास लिएका छौँ ।’

‘चाडमा चौका’ अभियान र ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग !’ अफरबारे थप जानकारीका लागि भायानेटको वेबसाइट http://www.vianet.com.np/chadmachauka2080 मा जान सकिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: