काठमाडौँ । मध्यरातमा युवासंघका कार्यकर्ताले होटलबाटै लखेटेका महिलाहरु लघुवित्तका ऋणी भएको खुलासा भएको छ । दुर्गा प्रसाईंको कार्यक्रममा आएको भन्दै लोकन्थलीको एक पार्टी प्लोसबाट मध्यरातमा लखेटिएका सबै महिलाहरु विभिन्न लघुवित्तका ऋणी भएको खुलासा भएको हो ।
पूर्व झापा, मोरङबाट आएका उनीहरुले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूहरु सबै लघुवित्तको ऋणी भएको बताएका छन् ।
लघुवित्तको ऋण तिर्न नसकेपछि दिनहुँ लघुवित्तकर्मीको टर्चर सहन नसकेर दुर्गा प्रसाईंको आन्दोलनमा सहभागी हुन काठमाडौँ आएको उनीहरुले बताएका छन् । लघुवित्तका कर्मचारीहरुले कर्जा असुलीको नाममा दिनहुँ घरमै आएर सताउन थालेपछि दुर्गा प्रसाईंले केही गर्छन् भन्ने आशामा काठमाडौँ आएको उनीहरुको भनाई छ ।
मंसिर ७ गते हुने दुर्गा प्रसाईंको आन्दोलनका लागि आएका उनीहरु लोकन्थलीस्थित एक पार्टी प्यालेसमा बसेका थिए । तर, एकाएक मध्यरातमा आएका युवासंघका कार्यकर्ताले उनीहरुलाई होटलबाटै लखेटेका थिए । हाल उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
उक्त भिडियोमा युवा संघका कार्यकर्ताले गरेको गतिविधिको अहिले चौतर्फी आलोचना भइरहेको छ । गयराती युवा संघका सविचालय सदस्य विनोद राईको नेतृत्वमा गएको टोलीले महिलाहरुलाई होटलबाट लखेटेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्