×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालकुमारीको आन्दोलनमा प्रहरीको गोली लागेर एकको मृत्यु

PRIME CA
GLOBAL IME BANK

बालकुमारीको आन्दोलनमा प्रहरीको गोली लागेर एकको मृत्यु

१३ पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्ने जान खोज्नेहरुले गरेको आन्दोलनमा भीड नियन्त्रण गर्न प्रहरी गोली चलाउँदा एक युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा करिब २३ वर्षीय सुजन राउत रहेका छन् । उनको उपचारका क्रममा किष्ट हस्पिटलमा मृत्यु भएको अस्तालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले पुष्टि गरेका छन् ।

शुक्रबार आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको सरकारी गाडीमा आगजनीसमेत गरेका थिए । सोही प्रश्चात आन्दोलन बिथोल्न प्रहरीले बालकुमारीमा गोली चलाएको थियो । सोही गोली लागेर राउतको निधन भएको हो ।

गोली लागेपछि राउत सडकमै लडिरहेको अवस्थामा फेला पारेपछि उनलाई उपचारका लागि किष्ट हस्पिटल लगिएको थियो । उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: