Skip to content
LAXMI SUNRISE BANK

जुत्तामा आचार्य लेखेको विरोध गर्ने आचार्य बन्धु समाजले भन्यो- ‘एनसेलका मालिक सतिशलाल आचार्य’ आचार्य होइनन्

अर्थ सरोकार

काठमाडौं । आचार्य बन्दु समाजले एनसेलका लगानीकर्ता ‘शतिशलाल आचार्य’ आचार्य नभएको बताएका छन् । समाजले बुधबार एक विज्ञप्ती जारी गर्दै लगानीकर्ता आचार्य समाजको सदस्य नभएको बताएको हो ।

समाजको बैठकले ब्यावशायी आचार्यलाई कर बुझाउन बाँकी भए पारदर्शी हिसावले देशको प्रचलित नियम कानून अनुसार कर चुक्ता गर्न आग्रह गर्दै राजनीतिक दल, सरकार लगायत जिम्बेवार निकायले समेत गलत कार्य गरेको भए सुसंस्ंकृत रुपमा खबरदारी गर्न आग्रह गरेको छ ।

‘एक जनप्रतिनिधिले आचार्य थरको विषयमा खुला रुपमा थरकै बद्नाम हुनेगरी एनसेलसंग जोडेपछि समाज विज्ञप्ती जारी गर्न बाध्य भएको हो ।’ आचार्य बन्धु समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आचार्य बन्धु समाजको विज्ञप्ति :

बहुचर्चित एनसेलका लगानीकर्ता “शतिसलाल आचार्य”को आचार्य थर जोडिएर सामाजिक सञ्जाल, भिडियो लगायतमा नकारात्मक टिप्पणी भएको प्रति यस समाजको गम्भीर ध्यानाकर्षण भएको छ ।

एक जनप्रतिनिधिले आचार्य थरको बिषयमा खुला रुपमा थरकै बद्नाम हुनेगरी एनसेल संग जोडेपछि समाज विज्ञप्ती जारी गर्न बाध्य भएको हो । रेकर्ड अनुसार लगानीकर्ता आचार्य यस समाजको सदस्य नरहेको, प्रारम्भीक अध्ययन अनुसार निज आचार्य कौडिन्य गोत्रीय आचार्य नभएको पाईएको छ ।

अरबौं कर तिरेर प्रतिष्ठीत ब्यापारीको सूचीमा नाम लेखाउन सफल ब्यावशायी आचार्य पछिल्लो समय एक्जियाटाको ८० प्रतिशत सेयर समेत आफ्नो नाममा ल्याउँदा खरिद बिक्रीमा कर छलि गरेको आरोपमा बिबादित छन् ।

समाजको बैठकले ब्यावशायी आचार्यलाई कर तिर्न बुझाउन बाँकी भए पारदर्शी हिसावले देशको प्रचलित नियम कानून अनुसार कर चुक्ता गर्न आग्रह गर्दै राजनीतिक दल, सरकार लगायत जिम्बेवार निकायले समेत गलत कार्य गरेको भए सुसंस्ंकृत रुपमा खबरदारी गर्न हार्दिक आग्रह गरेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK