काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्योगको लाइन काट्ने विद्युत प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुलको बक्यौता नतिरेको भन्दै विभिन्न ठूला उद्योगहरुको लाइन काटेपछि व्यवसायीका पक्षमा बोल्दै अर्थमन्त्रीले यस्तो बताएका हुन् ।
उनले उद्योग व्यवसायका साथै समग्र अर्थतन्त्र नै कमजोर रहेको समयमा प्राधिकरणले लिएको अप्रिय निर्णय पुनर्विचार गर्नुपर्ने बताएका छन् ।
‘सिमेन्ट लगायत विभिन्न उद्योगमा अलिकति दबाब भइरहेको अवस्थामा हामीले यसलाई विचार पुर्याएर काम गर्नुपर्छ ।’, अर्थमन्त्री डा.महतले भने, ‘यो विद्युत प्राधिकरणको क्षेत्राधिकार हो तापनि समग्रतामा अहिले समस्या नै भएको बेलामा अलिकति सहज भइसकेपछि उनीहरुलाई धेरै दबाब पर्दैन । त्यो विषयमा विद्युत प्राधिकरणले सोच्दा राम्रो हुन्छ ।’
त्यस्तै, अर्थमन्त्री डा.महतले लोडसेडिङ हुँदा दिएको डेडिकेटेड लाइनबारेका विवादलाई लिएर उद्योगको बिजुली काट्ने कुरामा नेपाल विद्युत प्राधिकरणले पुनः विचार गर्नुपर्नेसमेत बताएका छन् ।
अर्थमन्त्री महतले साँच्चिकै तिर्नुपर्ने रकम कति हो वा होइन ? भन्ने कुराको निक्र्यौल गरी सहज भइसकेपछि यस्ता निर्णय लिन उपयुक्त हुने अर्थमन्त्री महतको भनाई छ । साथै उनले धेरै समय पर्खिसकेपछि प्राधिकरणले अनुकुल समयमा र आर्थिक हिसाबले सहज भएको अवस्थामा यस्तो निर्णय गर्दा राम्रो हुने बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्