×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विराटनगरमा एभरेष्ट बैंकको एटिएम मेसिन तोडफोड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विराटनगरमा एभरेष्ट बैंकको एटिएम मेसिन तोडफोड

Artha Sarokar

१३ पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विराटनगरमा एभरेष्ट बैंकको एटिएम तोडफोड भएको छ । बिहीबार राती बैंकको विराटनगर शाखा कार्यालय अगाडि रहेको एटिएम मेसिन तोडफोड गरिएको हो ।

बैंकको एटिएममा चोरी गर्ने उद्धेश्यले तोडफोड भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) रञ्जनकुमार दाहालले बताएका छन् ।

‘एटिएम तोडफोड गर्ने व्यक्ति चोरी गर्ने उद्धेश्यले एटिएम बुथमा प्रवेश गरेको देखिन्छ । एटिएम बुथमा प्रवेश गर्नेले फलामको रडजस्तो देखिने वस्तुले मेसिन फोड्ने प्रयास गरेको देखिएको छ ।’, डिएसपी दाहालले भने, ‘अहिलेसम्म एटिएम मेसिन फोड्न प्रयास गर्ने व्यक्तिको खोजि गरिरहेका छौँ, अनुसन्धान जारी छ ।’

डिएसपी दाहालका अनुसार एटिएम मेसिनमा तोडफोड भए पनि रकम चोरी भने भएको छैन । तर, एटिएम मेसिनमा भने क्षति पुगेको डिएसपी दाहालले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी