काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा कानुनी अड्चन फुकाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । ललितपुर महानगरपालिकाको वार्षिक उत्सव कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मेयर शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई यस्तो आग्रह गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्रीकै अघि मेयर शाहले उपत्यकाको फोहोर व्यवस्थापन गर्न कानुनी अड्चन फुकाउन आग्रह गरे ।
‘केही कुराहरु हामी मेयर–उपमेयरहरु बसेर पनि सल्टाउन सक्छौँ । तर, केही स्थानीय तहका केही कुराहरु संघीय कानुनमा बाझिएका छन् ।’, मेयर शाहले भने, ‘फोहोर व्यवस्थापन सिसडोल बन्चरे डाँडामा व्यवस्थापन गर्दै आएका छौँ । त्यो कुरा स्थानीय सरकार आफैले गर्न सक्ने कुरामा बाधा अड्चन परेको छ । त्यो कानुनी बाधा अड्चन फुकाइदिनुहुन सम्माननीय ज्यूलाई यहीँबाट आग्रह पनि गरेँ, अनुरोध पनि गरेँ ।’
मेयर शाहले उपत्यकाको सौन्दर्यतामा खड्किएको फोहोर व्यवस्थापनको विषयलाई टुँगोमा पुर्याउन संघ सरकारले सहजीकरण गर्नुपर्ने पनि बताएका छन् । साथै मेयर शाहले उपत्यकाको फोहोर व्यवस्थापन पाँच वर्ष वा ५० वर्षका लागि मात्र नभई दीर्घकालीन रुपमै होस् भन्ने चाहेको उल्लेख गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्