काठमाडौं । उद्यमी तथा साहित्यकार बसन्त चौधरीले अन्तर्वार्तामा आधारित श्रब्यदृश्य कार्यक्रम ‘मनका कुरा विथ वसन्त चौधरी’ सञ्चालन गर्ने भएका छन् । सिजी इन्टरटेनमेन्ट युट्युब च्यानलमा हरेक शुक्रबार राति ८ बजे उक्त कार्यक्रम प्रशारण हुनेछ ।
‘जीवन एउटा यात्रा हो । जीवन यात्राका क्रममा धेरै ट्वीस्ट हुन्छन् । तथापि आफूले चाहेको गन्तव्यमा पुग्न अनवरत प्रयत्न गरिरहनुपर्छ, यही अनवरत प्रयत्नले गर्दा नै मैले पनि व्यापार व्यवसायबाहेक मेरो मनले रोजेको सिर्जना यात्रामा केही पाइला हिँड्न सकेँ,’ कार्यक्रम उद्घोष गर्दै उनले भने ।
उनले आफ्ना कुराबाहेक जीवन र जगतबाट सिकेका र अनुभूत गरेका कुराहरू आफ्ना सिर्जनाहरूमा उतारेको बताएका छन् । उनले भनेका छन्,‘मलाई तपाईंका मनका कुरा सुन्न मन लाग्यो । तपाईंका मनका कुरा अरूलाई पनि सुनाउन मन लाग्यो ।’
उनले उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई ल्याएर उनीहरूको सङ्घर्ष तथा जीवन यात्राका आरोह-अवरोह पस्कने जनाएका छन् । जसका लागि उनले मनिशा कोइराला, सुरक्षा पन्त, दीपक बज्राचार्य, उद्यमी विदुशी राणा, वरिष्ठ कलाकार निर शाह, मान्सी अग्रवाल, गायिका आनी डोल्मा, रुबी राणा लगायतको अन्तर्वार्ता हरेक शुक्रबार प्रशारण गरिने छ ।
२२ डिसेम्बरमा कार्यक्रममा पहिलो अतिथिका रूपमा मनिशा कोइराला रहनेछिन् । त्यसपछिका हरेक शुक्रबार अन्यलाई अतिथि बनाइनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्