×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिजुलीको विवादः ‘दुवै पक्षले किचकिच नगर, बाँकी भए लेनदेन सल्टाऊ…’ (सम्पादकीय)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बिजुलीको विवादः ‘दुवै पक्षले किचकिच नगर, बाँकी भए लेनदेन सल्टाऊ…’ (सम्पादकीय)

Artha Sarokar

१५ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । यतिबेला नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र सिमेन्ट उद्योगीहरु जुहारी खेलिरहेका छन् । कुलमानको हिसाबमा उद्योगीहरुले बिजुली बालेको अरबौँको बक्यौता तिर्न बाँकी छ । तर, उद्योगीहरु भनिरहेका छन्- ‘एक रुपैयाँ पनि तिर्न बाँकी छैन ।’

कुलमान भन्छन्- ‘बिल पठाइसक्यौँ’, उद्योगी भन्छन्- ‘बिल फर्जी हो, बिजुली बालेको प्रमाण देखाउ ।’ यही जुहारीका कारण अहिले जनताका आँखामा व्यवसायी चोर र व्यवसायीको आँखामा कुलमान फटाहा भएका छन् ।

उद्योगी भन्छन्- ‘प्रमाण देखाऊ पैसा तिर्छौँ’, कुलमान भन्छन्- ‘प्रमाण छ, पैसा तिर ।’ कुलमान र उद्योगीको यही लडाईले अहिले सरकारभित्रका मान्छेहरु, व्यवसाय गर्ने उद्योगीहरु, प्राधिकरणभित्रका कर्मचारीहरु र उद्योगीका प्यारा बनेका र तारा बनेका मिडियाकर्मीहरु पनि लडाईमा छन् । तर, कुरो सिम्पल छ, बालेको बिजुलीको पैसा तिर्नुपर्छ, नबालेको बिजुलीको पैसा तिर्नुपर्छ भने त त्यो सरासर अन्याय भयो ।

उद्यागीले भनेजस्तै प्रिय कुलमान, प्रमाण देखाइदेऊ । प्रमाण छ भने, प्रिय उद्योगी साथीहरु, बालेको बिजुलीमा किचकिच नगर, हिसाब सल्टाइदेऊ । अब प्रमाण पनि छ, अहिलेलाई पैसा छैन भने समय दिइदेऊ । तर, प्रमाण नै छैन भने, प्राधिकरण फोकटको तनाव नदेऊ ।

उद्योगी साथीहरु, कुलमानको इगो हर्ट हुनेगरी प्रधानमन्त्रीलाई भेटेर दबाब नदेऊ । अनि प्रिय कुलमान, उद्योगीहरुको इगो हर्ट हुनेगरि ‘मै मात्रै ठिक छु’ भन्ने लिँडे ढिपी नलगाऊ । यत्ति भए कुरो सिद्धियो, होइन र ?

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी