Skip to content
LAXMI SUNRISE BANK

विन्ध्यवासिनी हाइड्रोपावरको ५.२६ प्रतिशत नगद लाभांश घोषणा

अर्थ सरोकार

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । हाइड्रोपावरको पुष ३ गते मंगलबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र हाइड्रोपावरको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीमा वितरण हुनेछ । सो लाभांश पारित गर्नका लागि हाइड्रोपावरले पुष २६ गते साधारणसभा बोलाएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुष १७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुष १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK