×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त

Artha Sarokar

१३ पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले आत्रेयलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले उनलाई पुष १२ गते बिहीबारदेखि नै लागू हुनेगरी स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । स्वतन्त्र सञ्चालक रमेशराज अर्यालको राजीनामा स्वीकृत गर्दै आत्रेयलाई सञ्चालकमा नियुक्त गरिएको कम्पनी सचिव राजेन्द्रलाल श्रेष्ठले जनाएका छन् ।

उनीसँग बैकिङ क्षेत्रको करिव ४ दशक लामो अनुभव रहेको छ । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश लिएका डा.आत्रेय त्यसपछि पनि विभिन्न संस्थामा सक्रिया रहदै आएका छन् । राष्ट्र बैंककै प्रतिनिधिको रुपमा उनले नेपाल बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम पनि गरेका थिए ।

पछिल्ला समय विशाल ग्रुप सम्बद्ध कम्पनीहरूमा सक्रिय भएका डा. आत्रेयले इमर्जीङ्ग नेपाल लिमिटेड कम्पनीको प्रमुख कार्यकारी अधिकृत, प्रुडेन्सियल इन्स्योरेन्समा विज्ञ सञ्चालक, सूर्य लाइफ इन्स्योरेन्समा विज्ञ सञ्चालक भएर काम गरेका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी