काठमाडौं । राकुटेन भाइबरले आफ्नो च्याटबट मार्फत बस टिकटिङ्ग सेवा प्रदायक बससेवाबाट टिकट काट्दा सयजनालाई क्यासब्याक दिने अफर सार्बजनिक गरेको छ । अफरमा नेपालका कुनैपनि गन्तब्यका बस टिकट काट्दा भाग्यशाली सयजनाले शत प्रतिशत क्यासब्याक पाउनेछन् ।
यो अफर पौष १६ गतेसम्म सञ्चालन हुनेछ । यो सँगै बससेवाको कुनै पनि गन्तब्यमा यात्रा गर्दा अथवा टुर प्याकेजमा जाँदा भाइबर मार्फत प्रयोगकर्ताले सजिलै टिकट काट्न सक्नेछन् । बससेवा र भाइबरबीचमा केही महिना अगाडी मात्र साझेदारी भएको थियो ।
अफरका बारेमा बससेवाका प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले भने ‘हामी विश्वको अग्रणी सञ्चार संस्था भाइबरसँग सहकार्य गर्न पाउँदा अत्यन्त खुशी छौँ, मलाई विश्वास छ, आम यात्रुले यात्राका लागि थप सुविधा पाउनुहुनेछ । अबदेखि भाइबर मार्फत टिकट काट्दा थप सहजता हुनेछ । हामी नेपालको सार्बजनिक यातायातलाई थप सुविधायुक्त र विश्वसनिय बनाउन सफल हुनेछौँ ।’
यो अफरका बिषयमा राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेले भने ‘भाइबरमा हामी हाम्रा प्रयोगकर्तालाई सम्झनायोग्य सुविधा दिँदा हामी हर्षित छौँ, बससेवासँगको सहकार्य मार्फत यो क्यासब्याक अफरले हरेक नेपाली यात्रुको यात्रा थप रोमाञ्चक र रमाइलो हुनेछ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्